राजनीति


भारतीय निर्माण कम्पनीका अलपत्र ठेक्का तोड्न मन्त्री ज्वाला र राजदूतबीच छलफल

भारतीय निर्माण कम्पनीका अलपत्र ठेक्का तोड्न मन्त्री ज्वाला र राजदूतबीच छलफल

नेपालखबर
बैशाख ३, २०८० आइतबार २०:२८, काठमाडौँ

भारतीय लगानी र भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय काम नगरी अलपत्र पारेका योजना तोड्ने बिषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र भारतीय राजदूतबीच छलफल भएको छ।

आइतवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच लामो समयदेखि अलपत्र योजना तोड्ने र पठनाह–विराटनगर, रक्सौल काठमाडौं रेल सेवा निर्माण र सञ्चालनका बिषयमा कुराकानी भएको मन्त्रालयका सचिव केशव शर्माले बताएका छन्।

भारतीय एक्जिम बैंकको लगानीमा केही योजनाहरु नेपालमा सञ्चालित छन्। ति योजनाहरू भारतीय निर्माण कम्पनीले सम्पन्न गर्ने ठेक्का पनि लिएका थिए। तर लामो समयसम्म निर्माण हुन सकेका छैनन्।

दाङको लमही–घोराही सडक खण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो। सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पुगेका छन्।

मन्त्री ज्वाला र राजदूत श्रीवास्तवकाबीच रक्सौल काठमाडौं रेल सेवा निर्माणका बिषयमा पनि कुराकानी भएको छ। नेपाल सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ भने प्रधानमन्त्रीको भारत भ्रमणपछि यो आयोजनाले मुत्र्तरुप लिने आकलन गरिएको छ। 

भेटर्वार्तामा नेपाल भारत क्रस बोर्डर रेल सेवाका बिषयमा पनि काराकानी भएको छ।

पठनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभित्ता, जोगवेनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका बिषयमा कुराकानी भएको सचिव शर्माले बताए। 

जयनगर जनकपुर कुुर्ता खण्डको ३४ किलोमिटरमा रेल सेवा सञ्चालन भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad