काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा लागिरहेको तुवाँलो आगामी तीन दिनसम्म हट्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार साँझ विशेष मौसमी बुलेटिन जारी गर्दै पानी नपरेका कारण डढेलो बढिरहेकाले कम्तीमा मंगलबारसम्म तुवाँलो हट्ने सम्भावना नरहेको जानकारी दिएको हो।
मौसम महाशाखाले सजग गराउँदै भनेको छ, ‘तसर्थ यसबाट हुने वायु प्रदूषणको कारणले स्वास्थ्यमा पर्नसक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन हुन अनुरोध छ।’
हेर्नुहोस् विशेष बुलेटिन-

57
Shares

प्रतिक्रिया