राजनीति


जनताको आश कांग्रेसप्रति नै छ, कमजोरी शुद्धीकरण गरौँ: सिंह

जनताको आश कांग्रेसप्रति नै छ, कमजोरी शुद्धीकरण गरौँ: सिंह

नेपालखबर
बैशाख ३, २०८० आइतबार १३:२६, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । 

उनले जनताको आश पनि कांग्रेसप्रति नै रहेकाले कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने भनाइ उनको थियो।

नेपाली कांग्रेस झापाले आइतबार जिल्लामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जनताले कांग्रेसका अहिलेका नेताहरूलाई संस्थापक नेताहरुसँग तुलना गरेर हेर्ने गरेकाले भरोसायोग्य पार्टी बनाउनुपर्नेमा जोड दिए।

कांग्रेस नेताहरूले आफूलाई समय अनुकूल  परिवर्तन नगरे परिस्थिति कठिन हुने उनले बताए। ‘प्रजातन्त्र ल्याउन र जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसप्रति जनताको आशा बढी छ,' उनले भने, 'त्यसैले अरु राजनीतिक दलभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ ।’ 

समयको माग र आम जनताको चाहना सत्तामा गइसकेपछि सम्बोधन गर्नसक्नुपर्ने उनको भनाइ थियो।

संगठनहरू सुदृढीकरण गरी विधि र प्रक्रियागत संगठन चलाउनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .