ad ad

राजनीति


मन्त्रिपरिषद्‌लाई आइतबार पूर्णता दिने प्रधानमन्त्रीको तयारी, तीन दलबीच छलफल जारी

मन्त्रिपरिषद्‌लाई आइतबार पूर्णता दिने प्रधानमन्त्रीको तयारी, तीन दलबीच छलफल जारी

नेपालखबर
बैशाख २, २०८० शनिबार १२:२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि आइतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। यसअघि उनले सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि सरकारले पूर्णता पाउन सकेको छैन। अझै ६ मन्त्रालय रिक्त छन्।

मन्त्रिपरिषद्‌लाई पूर्णता दिने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र  नेकपा एकीकृत समाजवादीसँग छलफल गरेका छन्। 

तर एकीकृत समाजवादीले थप एक मन्त्रालय माग गरेपछि सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरुको छलफल बिनानिष्कर्ष सकिएकाे छ। आजै बेलुका फेरि बैठक बसेर टुंगो लगाइने बताइएको छ। यसअघि एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका छन्।

बिहानको बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत यी दलका नेताहरु सहभागी थिए। छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि सहभागी थिए। यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ पनि उपस्थित थिए। 

‘यही टिम बेलुका पनि बस्नेछ, कुनै कारण नरोकिए भोलि मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’, प्रधानमन्त्री सचिवालयका एक सदस्यले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .