ad ad

समाज


मनिषाले जितिन् पाचौँ ब्युटिसियन ट्यालेन्ट नेपालको उपाधि

मनिषाले जितिन् पाचौँ ब्युटिसियन ट्यालेन्ट नेपालको उपाधि

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १३:२५, काठमाडौँ

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालीले नाचघरमा मंगलबार आयोजना गरेको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ सिजन–५ को उपाधि विराटनगरकी मनिषा श्रेष्ठले जितेकी छिन्। 

उनले आफ्ना १८ प्रतिस्पर्धीलाई पछि पार्दै ट्यालेन्ट ब्युटिसियन सहित शिर्ष उपाधि चुमेकी हुन्। मनिषाले ५० हजार रुपैयाँ, नेशनल अस्पताल र चिरायु डेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रुपमा रोजगारी, म्युजिक भिडियोमा काम गर्ने अवसर, विभिन्न उपहार पनि जितेकी छिन्।  

प्रतियोगिताको निर्णायकमा हास्य अभिनेत्री पल्पसा डँगोल, अभिनेता दिक्पाल कार्की, अधिवक्ता होमाकान्त चौलागाई, डा. प्रकाश पौडेल, डा. सरोज लामिछाने, ब्युटिसियनहरु बिमला रिजाल, सुष्मा रावल थिए।

सो प्रतियोगितामा बेष्ट स्माईल सहित फस्ट रनरअपको उपाधि संगीता सुवेदी अधिकारीले, मोस्ट इन्टेलिजेन्ट ब्युटिसियन सहित सेकेन्ड रनरअपको उपाधि श्वेता मगर श्रेष्ठले हासिल गरे।  

सो प्रतियोगितामा रजनी खड्काले मोस्ट लोयल ब्युटिसियन सहित पब्लिक च्वाईस अवार्ड, गोमा खड्काले मल्टि मिडिया, बेष्ट हेयर टेक्निसियन सहित भिवर्स च्वाईसको उपाधि हासिल गरिन्। रजनी प्रजापतिले मस्ट कन्फिडेन्ट सहित म्यानेजमेन्ट च्वाईस अवार्ड, सरिता गोपालीले बेस्ट मेहेन्दी सहित म्यानेजमेन्ट च्वाईस अवार्ड प्राप्त गरे।

कार्यक्रममा अभिनेत्री गौरी मल्लले यस्ता प्रतियोगिताले मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुलाई अघि बढ्न प्रेरणा मिलेका छ भनिन्। वरिष्ट ब्युटिसियन डा. राज्यलक्ष्मी श्रेष्ठले नेपालमा ब्युटिसियनहरुले पनि आफूलाई निकै माथि उठाएको बताइन्।

कार्यक्रममा गायक भरत सामरी, गायक ओम सुनार गायिक, गायिका बुनु उप्रेतीले आफ्ना गीत र भवना श्रेष्ठले नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .