ad ad

राजनीति


अडिओ प्रकरणबारे निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक काठमाडौँमा बस्दै

लगत्तै पत्रकार सम्मेलन गर्ने
अडिओ प्रकरणबारे निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक काठमाडौँमा बस्दै

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०७९ बुधबार ९:४, काठमाडौँ

आफ्ना सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समितिको बैठक राख्दै छ।

बैठक दिउँसो २ बजे  काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। 

यसअघि बैठक चितवनमा जुमबाट गर्ने तयारी रास्वपाको थियाे। 

‘तर त्यो प्रभावकारी हुने नदेखिएकाले काठमाडौँमा बैठक भौतिक रूपमै बस्ने निर्णय गरिएको हो’, डा. ढकालले बुधबार बिहान नेपालखबरसँग भने, ‘त्यसका लागि सभापति र केन्द्रीय सदस्यहरूलाई काठमाडौँ बोलाएका छौँ।’

आजको बैठकबाट सांसद ढाकाकुमारको अडिओ प्रकरणबारे निर्णय गर्ने तयारी रास्वपाको छ। 

‘बैठकलगत्तै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्छाैं’,  प्रवक्ता डा. ढकालले भने। 

यसअघि मंगलबार राति रास्वपा सभापति रवि लामिछानेनिकट एक नेताले नेपालखबरसँग ढाकाकुमारलाई बैठकले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन  तथा  संसदबाट समेत हटाउन संसद् सचिवालयमा पत्र पठाउने तयारी रहेको दाबी गरेका थिए। 

उनका अनुसार ढाकाको टेप प्रकरणले चितवनको चुनावमा असर पार्ने कोसिस भएको भन्दै सभापति लामिछाने निकै आक्रोशित भएका छन्। 

गत आइतबार ढाकाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो। जसमा ढाकाले आफूलाई मन्त्री बनाउन लागिएको तर त्यसबापत सभापति लामिछाने निकट मान्छेले आफूसँग २ देखि अढाई करोडसम्म पैसा बुझाउन भनेको दाबी गरेका छन्।

त्यसपछि ढाकाबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्न लागेको हो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .