राजनीति


आज राष्ट्रियसभाको बैठक पनि बस्दै, यस्तो छ कार्यसूची

आज राष्ट्रियसभाको बैठक पनि बस्दै, यस्तो छ कार्यसूची

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०७९ सोमबार ९:२३, काठमाडौँ

आज राष्ट्रियसभाको बैठक पनि बस्दैछ। 

संघीय संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजे बस्नेछ। 

आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ। 

सार्वजनिक दैनिक कार्यसूचीअनुसार आज बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस गर्ने कार्यक्रम छ। 

यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। 

यस्तै प्रधानमन्त्री प्रचण्डले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव,  विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची उल्लेख गरिएको छ।  

हेर्नुहोस् सम्भावित कार्यसूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad