राजनीति


जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गछौँ : गृहमन्त्री श्रेष्ठ

जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गछौँ : गृहमन्त्री श्रेष्ठ

नेपालखबर
चैत २६, २०७९ आइतबार २०:१४, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘जनतासँग पार्टी अभियान’ मा प्राप्त सुझावका आधारमा पार्टीको पुनःनिर्माण गरिने बताएका छन्।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टीका सबै केन्द्रीय सदस्य तथा प्रदेश पार्टीलाई अभियानमा राम्रोसँग परिचालित हुन निर्देशन दिए।

गाउँगाउँमा पुगेर जनता, सहिद परिवार तथा बेपत्ताका परिवारबाट सुझाव लिएर जस्ताको तस्तै ल्याउन र पार्टी केन्द्रमा बुझाउन आग्रह गरे।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘हामीले दुई महिनाका लागि अहिले जनतासँग पार्टी अभियान चलाएका छौँ। सबै नेता कार्यकर्ता अभियानमा तलैसम्म खट्नुहोला र जनताबाट सुझाव लिनुहोला। सोही सुझावका आधारमा आगामी दिनमा पार्टी पुनःनिर्माण गर्नेछौँ।’

उपाध्यक्ष श्रेष्ठले बृहत् समाजवादी मोर्चा गठनका लागि पहल भइरहेको जानकारी दिए। पार्टी एकताको सम्भावना भएका माओवादी घटक र अन्यसँग  एकता गर्दै जाने र तत्काल एकता सम्भव नभएका दलहरुका बीच समाजवादी मोर्चा बनाइने उनले बताए।

गृहमन्त्री श्रेष्ठले जनतालाई विकास र सुशासनको अनुभूति दिने गरी सरकारले काम गरिरहेको बताए। 

सरकारका कामलाई जनतासम्म लैजान र जनताका विकासका आवश्यकतालाई सरकारसम्म ल्याउन पार्टीका नेता कार्यकतालाई उहाँले निर्देशन दिए। 

‘जनतालाई राम्रोसँग सहज रुपमा सर्भिस डेलिभरी अहिलेको आवश्यकता हो। यसबाट मात्र जनतामा सरकारप्रति विश्वास पैदा हुन्छ’, श्रेष्ठले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .