ad ad

राजनीति


कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था छ : उपप्रधानमन्त्री खड्का

कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था छ : उपप्रधानमन्त्री खड्का

नेपालखबर
चैत २५, २०७९ शनिबार १३:३५, काठमाडौँ

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको अर्थतन्त्र ऋणात्मक रहेको बताएका छन्।

गृह जिल्ला सुर्खेत पुगेका उनले सुर्खेत विमानस्थलमा कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था भएको बताए। उनले यसबाट मुक्त हुनेगरी सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको तयारी गर्ने पनि उनले बताए।

'मुलुकको अर्थतन्त्र ऋणात्मक बनिरहेको, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ, यसबाट मुक्त हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछ,' उनले भने।

 न्यूनतम साझा कार्यक्रमको जगमा नीति, बजेट तथा कार्यक्रम ल्याउने जनाउँदै उपप्रधानमन्त्री खड्काले कर्णालीको विकासमा निर्वाचनको समयमा गरेका प्रतिबद्धताका आधारमा अगाडि बढ्ने बताए।

यस्तै कर्णाली प्रदेशमा कांग्रेस छिट्टै सरकारमा जाने जानकारी उनले गराए। उनले केन्द्रीय गठबन्धनअनुसार कर्णालीमा चाँडै नै कांग्रेस सरकारमा जाने बताएका हुन्।

एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताउँदै मन्त्री खड्काले अब छिट्टै केन्द्र तथा प्रदेशको सरकारले पूर्णता पाउने बताए। 'संसद् विघटनलाई वैधानिक दिने प्रयत्न एमालेका पार्टी अध्यक्ष केपी ओलीले संसद्मा आफ्नो अभिव्यक्तमार्फत घोषणा गर्नुभयो र संवैधानिक परिपाटीलाई चुनौती दिनुभयो,' उनले भने। 

यस्तै खड्काले चुनावमा गरेका प्रतिबद्धता र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासामु गरेको प्रतिबद्धताअनुसार कर्णालीमा पर्याप्त बजेट उपलब्ध गराउने बताए। साथै कर्णाली राजमार्गलाई आगामी बजेटमा राष्ट्रिय गौरवको आयोजनामा समेट्ने उनको भनाइ थियो।

कर्णाली सरकारले कर्णाली कोरिडोर सडकको सुरुङ मार्गसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .