ad ad

राजनीति


सरकारले बोली सुनेन भन्दै संसद बैठकमा रास्वपा सांसदले गरे मौनधारण

सरकारले बोली सुनेन भन्दै संसद बैठकमा रास्वपा सांसदले गरे मौनधारण

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १४:२१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शुन्य समयमा मौनधारण गरेका छन्।

सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले सो समय मौनधारण गरेर व्यथित गरेका हुन्। 

‘सम्माननीय सभामुख महोदय,... यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौन धारण गरेँ। धन्यवाद,’ उनले भने।

प्रतिनिधिसभा नियमावली अनुसार शुन्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ।

सोही समयमा बोल्न उभिएका सांसद ढकालले भने ‘सम्माननीय सभामुख महोदय,...’भनेर मौन बसे र, पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .