राजनीति


मिले दुई पूर्वमाओवादी घटक, वैद्य र बास्तोलाको पार्टीबीच एकता घोषणा

मिले दुई पूर्वमाओवादी घटक, वैद्य र बास्तोलाको पार्टीबीच एकता घोषणा

एकता घोषणाका क्रममा नेताहरु। तस्बिर : नेपालखबर


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १३:४४, काठमाडौँ

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच आज (शुक्रबार) पार्टी एकता घोषणा भएको छ। 

शुक्रबार मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गरेर यी दुई दलले पार्टी एकताबारे जानकारी दिएका हुन्। 

काठमाडौंको इच्छुक प्रतिस्ठान घट्टेकुलोमा पत्रकार सम्मेलनमार्फत यी दुई दलबीच एकता घोषणा गरिएको हो। 

माओवादीका यी दुई घटकसहित चारवटा वामपन्थी पार्टीले केही समययता संयोजन समिति बनाएर संयुक्त गतिविधि गर्दै आएका छन्। 

बास्तोला नेतृत्वको नेकपा बहुमत केही समयअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट अलग भएको हो। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) बाट वैद्य अलग हुँदा उनीलाई विप्लव र बास्तोलाले पनि साथ दिएका थिए। 

पछि विप्लव पनि वैद्यबाट अलग भएका थिए। अब विप्लवबाट अलग भएका धर्मेन्द्रको बहुमत मोहन बैद्यको क्रान्तिकारीसँग एकता गर्न पुगेको छ।

एकता घोषणाका क्रममा मोहन वैद्य, सीपी गजुरेल, धर्मेन्द्र  बाँस्तोला र हेमन्तप्रकाश वलीसहितका नेताहरु जुटेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad