ad ad

राजनीति


उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै, आजै चुनाव चिन्ह दिइने

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै, आजै चुनाव चिन्ह दिइने

नेपालखबर
चैत २३, २०७९ बिहिबार ७:४, काठमाडौँ

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आज (बिहीबार) अन्तिम नामवली प्रकाशन गरिँदै छ। 

उम्मेदवारी फिर्ता लिन इच्छुकले बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि समय तोकिएको छ। अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारले आजै चुनाव चिह्न पाउनेछन्।  

चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाच्नका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो। 

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै पदमुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो। 

त्यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचन रामसहाप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले उपनिर्वाचनबाट सो रिक्त पदपूर्ती गर्न लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .