नेकपा एमनलेका महासचिव शंकर पोखरेलले चितवन २ को उपनिर्वाचनमा उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि कटाक्ष गरेका छन्।
रवि पुस १० मा बनेको एमाले नेतृत्वको बलमा गृहमन्त्री बनेका थिए। तर उक्त गठबन्धन भत्किँदा रास्वपाले राष्ट्रपतिमा कांग्रेसलाई सघाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियोे।
प्रचण्डलाई विश्वासको मत दिनुअघि महान्यायाधिवक्ताको कार्यालयले रविविरूद्ध राहदानी मुद्दा नचलाउने निर्णय लिएको थियो।
'मुलुकको वैध अर्थतन्त्रलाई कमजोर बनाएर अवैध अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने देउवा-प्रचण्डको नेतृत्वको भ्रष्ट गठबन्धनलाई राहदानी प्रकरणमा क्षमादानको याचनासहित समर्थन गर्नेहरुले उपचुनावमा सुशासनको 'घण्टी' बजाउनुको कुनै अर्थ र महत्व वाँकी रहेन', उनलेे भनेका छन्।
एमालेले चितवन २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उठाएको छ। जहाँ नागरिकता प्रकरणमा माघ १३ सबै पद गुमाएका रवि पनि फेरि भिड्दैछन्।
132
Shares

प्रतिक्रिया