ad ad

खेल


नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर दीपा भारतीय क्लबमा आवद्ध

नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर दीपा भारतीय क्लबमा आवद्ध

नेपालखबर
चैत २२, २०७९ बुधबार २२:२९, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा शाही भारतीय क्लब लर्ड्स फुटबल एकेडेमीमा अनुबन्ध भएकी छन्।

लर्ड्सले दीपालाई वुमन्स लिगका लागि अनुबन्ध गरेको हो। क्लबमा अनुबन्ध भएपछि उनले भनिन्, 'भारतमा व्यवसायिक फुटबल खेल्न पाउँदा खुसी लागेको छ।'

यसअघि भएको उपमेयर कप राष्ट्रिय महिला लिगमा डेब्यु गरेकी दीपाले त्यसयता उच्च प्रर्दशन गर्दै भएकाी छन्।

लिगकै प्रर्दशनको आधारमा साफ यू–१८ च्याम्पियनसिप खेलेकी दीपा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमा आवद्ध भइन्।

उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएकी दीपाले साफ च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै डेब्यु गरेकी थिइन्।

भारतीय लिगमा यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले व्यवसायिक लिग खेलिसकेका छन्।

सावित्राले सेथु एफसी र गोकुलम केरालाबाट लिगको उपाधि जितिसकेकी छिन्। अनिता र सावित्राले सँगै सेथु एफसीबाट लिग जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .