ad ad

राजनीति


उपनिर्वाचन : चितवन–२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

उपनिर्वाचन : चितवन–२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

नेपालखबर
चैत २०, २०७९ सोमबार १०:४३, काठमाडौँ

वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्। 

लामिछानेले सोमबार चितवन–२ मा बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

यस क्षेत्रको उपनिर्वाचनमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्दै छन्।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। 

उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा  १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन्।

उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .