ad ad

राजनीति


आयोगको १० बुँदे निर्देशन : उम्मेदवारी दर्ता गर्दा जुलुस नगर्नू, हेलिकोप्टर नचढ्नू

आयोगको १० बुँदे निर्देशन : उम्मेदवारी दर्ता गर्दा जुलुस नगर्नू, हेलिकोप्टर नचढ्नू

नेपालखबर
चैत २०, २०७९ सोमबार ८:२, काठमाडौँ

वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलहरूले आज आ–आफ्नो दलको उम्मेदवारको मनोनयन दर्ता गर्न लागेका हुन्। 

उम्मेदवारी दर्ता गर्न जाँदा जुलुस प्रदर्शन गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ। 

साथै, मनोनयनमा मन्त्रीहरू जानसमेत निषेध गरिएको छ।

आयोगका प्रवक्ता शालिग्राम पौड्यालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सरकारी कर्मचारी पनि उम्मेदवारको मनोनयनमा जान नहुनेसहित १० बुँदे आचारसंहिता स्मरण गराएका हुन।

यी हुन आयोगका आचारसंहिताः 

१. निर्वाचनमा उमेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उमेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने।

२. उमेदवारको मनोनयनपत्र पेस गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता २०७९ विपरीतका ब्यानर, चिह्न र झण्डासहित जान नहुने।

३. उमेदवारको मनोनयको समयमा उमेदवारको पहिचान झल्किने लोगो, टीका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने।

४. उमेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उमेदवारको पक्षमा नारा/जुलुस, भाषण र प्रतिस्पर्धीलक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने।

५. उमेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने।

६. नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उमेदवारको मनोनयनमा सहभागी हुन नहुने।

७. उमेदवारको मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन नहुने।

८. मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उमेदवारलाई आफ्नो सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने।

९. हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उमेदवारले उमेदवारी मनोनयन गर्न जान नहुने।

१०. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उमेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उमेदवारसँग सहभागी हुन नहुने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .