नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज बाडेगाउँस्थित किशुनजीको आश्रममा जाँदै छन्।
ललितपुरको बाडेगाउँमा नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किशुनजीको सालिक छ। उनी सन्त नेताका रुपमा परिचित छन्।
कांग्रेसका उपसभापतिसमेत रहेका रक्षामन्त्री खड्का आज बिहान साढे १० बजे बाडेगाउँ पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। शुक्रबार मात्र उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको शपथ खाएका उनी आज त्यहाँ जान लागेका हुन्।
आफ्नो राजनीतिक जीवनमा कुनै सफलता प्राप्त हुँदा तथा कुनै दुःख पर्दा खड्काले त्यहाँ गई किशुनजीको पूर्णकदको सालिकमा माल्यार्पण गर्ने र चरणमा ढोग्ने गर्छन्।
48
Shares
प्रतिक्रिया