ad ad

राजनीति


मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आजै शपथ

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आजै शपथ

नेपालखबर
चैत १६, २०७९ बिहिबार ७:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार (१६ चैत) मन्त्रिपरिषद् विस्तार गर्दैछन्। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय संख्या भागबन्डाको टुंगो लागेसँगै आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। 

सत्ता गठबन्धनभित्रका दलहरूमा मन्त्रालय भागबन्डाको विषयमा समझदारी भइसकेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार बुधबार नै मन्त्रालयको संख्यामा भागबन्डा मिलिसकेका कारणले बिहीबार नयाँ मन्त्रीहरूको शपथ हुने छ। 

‘मन्त्रालयको संख्यामा सहमति भइसकेको छ। अहिले प्रधानमन्त्रीज्यू चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदै हुुनुहन्छ,’ गजुरेलले नेपालखबरसँग भने, ‘उहाँ फर्किएलगत्तै मन्त्रिपरिषद् विस्तार र शपथ हुन्छ।’

गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादीले २, जसपा २, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, जनमत पार्टी १, नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाउने सहमति जुटेको छ। 

स्वतन्त्रबाट विजयी भएका प्रभु शाहलाई पनि मन्त्री बनाउने तयारी प्रधानमन्त्री प्रचण्डको छ।

प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन दलसँग सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम समेत मागिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .