ad ad

राजनीति


सरकारको साझा न्यूनतम कार्यक्रमले भोलिसम्ममा अन्तिम रुप पाउँछ : लेखक

सरकारको साझा न्यूनतम कार्यक्रमले भोलिसम्ममा अन्तिम रुप पाउँछ : लेखक

नेपालखबर
चैत १५, २०७९ बुधबार १७:२२, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन्।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको साझा न्यूनतम कार्यक्रमले बिहीबार(भोलि)सम्ममा अन्तिम रुप प्राप्त गर्ने बताए।

उनले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेताहरु समक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिए। आज ५ बजेसम्ममा कुनै संशोधन आएमा आवश्यक संशोधन गरी भोलिसम्ममा तयार पारिने उनको भनाई छ। 

उनले भने, ‘न्यूनतम कार्यक्रम बनिराखेको छ। साझा न्यूनतम कार्यक्रममा काम भइराखेको छ। हामीले ड्राफ्ट गरिसकेका छौँ। त्यो ड्राफ्ट प्रश्तुत भएको छ सरकारसँग जोडिएका दलहरुका नेताहरुका बीचमा। आज पाँच बजेसम्ममा कसैको त्यसमा संशोधन, केही कुरा थप्नुपर्ने, केही कुरा झिक्नुपर्ने, केही सुधार गर्नुपर्ने कुरा भयो भने गर्ने। भोलि सम्ममा साझा न्युनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ। मन्त्रीहरुको शपथ पनि चाँडै हुन्छ।’

उनले मन्त्रीहरुको शपथ पनि चाँडै हुने प्रतिक्रिया दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .