अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अध्यक्षमा शक्तमान बुढाथोकी (हङकङ) चयन भएका छन्।
समाजको हालै भर्चुअल माध्यमबाट सम्पन्न सातौं भेलाले बुढाथोकीको अध्यक्षतामा ३८ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ।
भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए।
समितिको उपाध्यक्षहरूमा तोयनाथ कँडेल (बेल्जियम) प्रेम पौडेल (भारत), हेमलाल गौतम (जापान), महासचिवमा लुमाकान्त पुन (कतार), सचिवमा छविबहादुर बस्नेत (ओमन) र कोषाध्यक्षमा अर्जुन सुनार (बेलायत) चयन भएका छन्।
त्यस्तै, केन्द्रीय सदस्यहरू ठाकुर खनाल (भारत), राजकुमार धिताल (साउदी अरब), खुम रायमाझी (कुवेत), शालिकराम सापकोटा (जापान), दीपक परियार (अमेरिका), गोपाल सापकोटा (जापान), देवनारायण पोख्रेल (बहराइन), देवेन थापा (आयरल्यान्ड), विष्णु पुन (दक्षिण कोरिया), जीवलाल शर्मा (दक्षिण कोरिया), अमर छन्त्याल (आयरल्यान्ड), दिनेश थापा (युएई), प्रकाश थापामगर (नेपाल), रेशम कँडेल (अमेरिका), अर्जुन उपाध्याय (युएई), अमृता राना थापा (हङकङ), धनबहादुर केसी (स्कटल्यान्ड), राजेश छन्त्याल (पोर्चुगल), धु्रव गौतम (डेनमार्क), ज्ञानेश्वर सापकोटा (लक्जमबर्ग), केशव खनाल (मलेसिया) र खिम बुढा (कतार) चयन भएका छन्।
भेलाले दुर्गा केसी (नेपाल), लेखत कुँवर (दक्षिण कोरिया), विन्दु खड्का (साइप्रस), धनवीर पुन (भारत), तेजेन्द्र क्षेत्री (जापान), निशा शर्मा (बेलायत), ढुण्डिराज चुँदाली (रुस), पृथ्वी भट्ट (अस्ट्रेलिया) र तारानाथ पोख्रेल (रोमानिया) लाई सल्लाहकारमा चयन गरेको छ।
भेलामा निवर्तमान अध्यक्ष दुर्गा केसीले प्रगति प्रतिवेदन, महासचिव लुमाकान्त पुनले विधान र संगठनात्मक रिपोर्ट तथा कोषाध्यक्ष शक्तमान बुढाथोकीले आयव्यय रिपोर्ट प्रस्तुत गरेका थिए।
भेलामा करिब ३० देशमा रहेका नेपाली एकता समाजकाे प्रतिनिधित्व रहेको थियो।
कार्यक्रममा जनमोर्चाका महासचिव मनोज भट्ट, नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल लगायत नेताहरुले विभिन्न देशबाट शुभकामना दिएका थिए।
प्रतिक्रिया