नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीकाे नाम टुंगो लगाउने तयारी रहेकाे स्राेतले जानकारी दिएको छ।
एकीकृत समाजवादीले ३ वटा मन्त्रालय दाबी गरिरहेको छ।
मंगलबार बिहानमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष माधव कुमार नेपालले भेट गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको अन्तिम होमवर्कमा छन् भने आजै सत्ता गठबन्धनको बैठक बसेर भागवन्डा टुंगोमा पुर्याउने तयारी गरिएको छ।
चैत १४, २०७९, मंगलबार
प्रतिक्रिया