ad ad

राजनीति


भीम रावलले भने : एमालेका शीर्ष नेताले यसैगरी घचेटिरहे नयाँ यात्रा थाल्छु

भीम रावलले भने : एमालेका शीर्ष नेताले यसैगरी घचेटिरहे नयाँ यात्रा थाल्छु

नेकपा एमालेका नेता भीम रावल


नेपालखबर
चैत १४, २०७९ मंगलबार १२:१३, काठमाडौँ

नेकपा एमालेका नेता भीम रावलले अछाममा कार्यकर्ताबाट मिसन ग्रासरुटसम्बन्धी कार्यक्रम बिथोल्नुन शीर्ष नेताहरुकै गल्ती रहेको दाबी गरेका छन्। 

उनले आफूलाई एमालेबाट धकेलेको धकेल्यै गर्ने क्रम बढिरहेको पनि बताएका छन्। सोमबार कञ्चनपुरमा नेकपा एकीकृत समाजवादीका नेतासमेत सहभागी भेलालाई सम्बोधन गरेपछि रावल एमालेमा नरहने चर्चा बढेको छ।

यस्तोमा उनलाई मंगलबार धनगढीमा पत्रकारहरुले एमाले एमाले छोड्न लागेकोबारे प्रश्न गरेका थिए।

उनले आफू आजका दिनसम्म पनि एमालेमै रहेको जवाफ दिएका छन्। 

‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ। तर तँ अब एमालेको सदस्य बन्न मिल्दैन, तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेटेक घचेट्यै गरेमा एमालेका इमानदार कार्यकर्ता र जनतासँग सोध्नेछु- त्यतिबेला किन घचेटी मागिरहने, उभिनुस् भन्ने जवाफ आएमा नयाँ पाइला चाल्न सक्ने सम्भावना छ', उनले पत्राकरहरुलाई जवाफमा भने।

तर आफू एमालेमै रहन संघर्षरत रहेको बताएका छन्। नेता रावलले एमाले उपाध्यक्ष विष्णु पौडेललसहितका नेताहरु आफूविरुद्ध कार्यकर्ता उचाल्न आफ्नो गृहजिल्ला पुगेको पनि दाबी गरे।

उनले धनगढीमा पत्रकार सम्मेलनका क्रममा उपाध्यक्ष पौडेलप्रति आक्रोश पोख्दै अछाममा २०४८ सालदेखि चुनाव लड्दै आएको बताए। रावलले कहिल्यै पनि कसैसँग टिकट नमागेको बताउँदै पौडेलतिर कटाक्ष गरे। 

सोमबार एमाले उपाध्यक्ष विष्णु पौडेलसहित सहभागी कार्यक्रममा एकजना नेताले रावलको चर्को आलोचना गरेका थिए। त्यसपछि कार्यक्रममा सहभागी एमाले कार्यकर्ताले नै मञ्चमा कुर्सी र बोतल हानेर कार्यक्रम बिथोलिदिएका थिए। 

उक्त घटनापछि मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई कटाक्ष गरेका छन्। उनले पार्टीका शीर्ष नेताहरुलेनै आफूहरुविरुद्ध आक्षेप लगाएपछि कार्यकर्ताले विरोध गर्नुलाई स्वभाविक भनेका छन्। 

पार्टी उपाध्यक्ष पौडेल र एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट लगायत नेताहरु उपस्थित भएर सोमबार अछाममा आयोजित मिसन ग्रासरुट कार्यक्रममा नेता रावलप्रति आक्षेप लगाइएको थियो। 

कार्यक्रममपूर्व नै नेता रावलप्रति लित कुनै टिप्पणी नगरे पनि मञ्चबाटै एक नेता आलोचनामा उत्रेपछि कार्यकर्ता आक्रोशित भएका थिए। एमाले सल्लाहकार समिति सदस्य एवम् डडेल्धुराका नेता पदमराज जोशीले रावलविरुद्ध मञ्चबाटै बोलेका थिए। 

‘अछामको मेरै निर्वाचनक्षेत्रमा कार्यक्रम भयो। पार्टीका सिद्धान्त, विचार लगायतबारे जानकारी दिने उद्देश्य थियो। पहिले नै कुनै विवाद नगर्ने सहमति भएको रहेछ। पार्टीलाई बलियो बनाएर कसरी जाने भन्ने कुरा थियो', रावलले भने, 'तर, त्ययस कार्यक्रममा एक व्यक्तिले मलाई नै सोझ्याएर प्रहार गरेछन्। त्यसपछि त्यहाँ कार्यकर्ताले विरोध गरेका हुन्। सहभागी ८० प्रतिशतभन्दा बढीले विरोध गर्नु स्वभाविक हो।’ 

उनले एमालेका शीर्ष नेताहरु नै पार्टीलाई मजबुत र एकतावद्ध बनाउन लागेका व्यक्तिमाथि आक्षेप र भ्रम बाँड्दै हिँडेको भन्दै आपत्ति प्रकट गरे।

‘सल्लाहकार समिति सदस्य डडेलधुराका पदमराज जोशीले मेराविरुद्ध बोलेपछि सहभागी कार्यकर्ताहरूले नाराबाजी थालेका थिए', उनले भने, 'आक्रोशित कार्यकर्ताले मञ्चमा कुर्सीसमेत प्रहार गरेका थिए। त्यहाँ एक घण्टासम्म विरोध चलेको कुरा मैलै सञ्चार माध्यमबाट थाहा पाएँ।’ 

रावलले एमालेका शीर्ष नेता नै आफूलाई धकेल्न लागिरहेको बताउँदैअप्रिय निर्णय लिन सक्ने चेतावनी पनि दिएका छन्। गृहजिल्लामै गएर आफूमाथि प्रहार भएपछि उनले जुनसुकै कदम चाल्न सक्ने संकेत गरेका हुन्। 

अछामको साँफेबगरमा आयोजित एमालेको कार्यक्रम

भएको के हो? 
अछामको साँफेबगरमा सोमबार एमाले उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह-इन्चार्ज कर्णबहादुर थापा र प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत उपस्थित भएर मिसन ग्रासरुटको कार्यक्रम गरिएको थियो। 

पार्टीको आन्तरिक कार्यक्रम भएकाले नेता रावलबारे कसैले केही नबोल्ने सहमति पहिले नै भएको थियो। तर एमाले नेता जोशीले रावलको आलोचना गर्दै बोलेपछि नाराबाजी भएको थियो। त्यसपछि रावल पक्षधर कार्यकर्ताले कुर्सी हान्दा कार्यक्रम नै भाँडिएको थियो।

सल्लाहकार समिति सदस्य डडेलधुरानिवासी जोशीले भीम रावलविरुद्ध बोलेपछि सहभागीहरुले नाराबाजी थाले। 

साँफेबगरस्थित खाद्य गोदामको हलमा भएको कार्यक्रम तनावपूर्ण भएपछि कार्यक्रम स्थगित भएको थियो। तर जोशीले रावलको आलोचना गर्दै बोलेका कुरा फिर्ता लिएपछि अवस्था सामान्य भएको थियो।

तनावपछि पक्षले रावलबारे केही नबोल्ने सहमति जुटाएर कार्यक्रम गरिएको थियो। त्यसक्रममा उपाध्यक्ष पौडेलले पनि रावलबारे बोल्न खोजेका थिए। तर सहभागीले नाराबाजी गर्न खोजेपछि उनी विरोधमा नबोल्ने भन्दै पछि हटेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .