ad ad

राजनीति


बालुवाटारमा प्रधानमन्त्री र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता जारी

बालुवाटारमा प्रधानमन्त्री र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता जारी

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०७९ मंगलबार १०:१६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले अध्यक्ष माधवकुमार नेपालसहित नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू भेटवार्ता गरिरहेका छन्। 

प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका हुन्। 

केहीबेर अघिदेखि जारी भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समाजवादी मोर्चा बनाउने विषयमा छलफल भइरहेको हो।  

आजै मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक पनि बस्दै छ। त्यसअघि प्रधानमन्त्री र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .