ad ad

राजनीति


राजपाले पनि टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

राजपाले पनि टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

नेपालखबर
पुस १९, २०७६ शनिबार ११:२४,

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको छ।

प्रदेश २ का ४ सिटमध्ये सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग दुई दुई सिटको भागबण्डा गरेको राजपाले शनिबार उम्मेदवारको टुंगो लगाएको हो।

राजपाले पार्टीका दुई वरिष्ठ उपाध्यक्षलाई राष्ट्रियसभामा उम्मेदवार बनाएको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएका छन्। जसमा अन्यबाट वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव (सप्तरी) र अल्पसंख्यक र अपांगता भएकाबाट अर्का उपाध्यक्ष शेखरकुमार सिंहलाई उम्मेदवार बनाएको छ।

महतोद्वारा जारी विज्ञप्तिमा दुवै उम्मेदवार सर्वसहमतिमा छनौट गरिएको जनाइएको छ।

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .