राजनीति


जसपाकी मञ्जु शर्मा बनिन् समानुपातिक सांसद

जसपाकी मञ्जु शर्मा बनिन् समानुपातिक सांसद

नेपालखबर
चैत ६, २०७९ सोमबार १७:३७, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) बाट मञ्जु शर्मा प्रतिनिधि सभाको समानुपातिक सांसद बनेकी छन्।

निर्वाचन आयोगको आज (चैत ६ गते)को बैठकले शर्मालाई सांसद निर्वाचित भएको घोषणा गरेको हो। 

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जनता समाजवादी पार्टी, नेपालबाट बन्दसूचीको क्रम ५२, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी शहनाज रहमानको निधन भई प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त थियो। 

सो रिक्त पदमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहेकी शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको आयोगले जनाएको छ।

प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको निर्णयको जानकारी संघीय संसद र सम्बन्धित दललाई दिइने आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad