राजनीति


सरकारले छोटो समयमै निराशालाई आशामा बदल्यो : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

सरकारले छोटो समयमै निराशालाई आशामा बदल्यो : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

संसदमा विश्वासको मत माग्दै प्रचण्ड। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत ६, २०७९ सोमबार १४:१०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सत्ता सम्हालेको केही महिनामै अर्थतन्त्रमा व्यापक सुधार भएको बताएका छन्।

सोमबार संसदमा दोस्रो पटक विश्वासको मत माग्ने क्रममा उनले यस्तो बताएका हुन्। 

'चौतर्फी निराशा र हताशालाई चिर्दै सरकारले एकदमै छिटो आशा जगायो पनि। तर, अचानक राप्रपा र नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो', उनले भने, 'सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिनुभयो। यसरी संविधानतः फेरि विश्वासको मत लिन आवश्यक भयो।'

उनले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको पनि जिकिर गरेका छन्।

'तरलता सङ्कुचनको स्थितिमा सुधार भएको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन आगमन आदि क्षेत्रमा उत्साहजनक प्रगति छ। ब्याजदर घटिरहेको छ', उनले भने, 'सरकारी खर्चमा मितव्ययिता कायम गर्न अनावश्यक खर्च कटौती तथा प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेटको पुनर्विन्यासको काम सुरु भइसकेको छ।'

उनले खर्च नियन्त्रणका लागि अत्यावश्यकबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको पनि बताए।

'बढ्दो व्यापार घाटालाई नियन्त्रण गरी निकासी प्रवद्धन तथा आयात व्यवस्थापनका लागि नयाँ नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनमा ल्याइएको छ', सम्बोधनका क्रममा उनले भने। 

सम्बोधनको पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad