राजनीति


बुटवल बहुमुखीमा ३७ प्रतिशत, महेन्द्र मोरङ ५५ प्रतिशत मत खस्यो

बुटवल बहुमुखीमा ३७ प्रतिशत, महेन्द्र मोरङ ५५ प्रतिशत मत खस्यो

नेपालखबर
चैत ५ , काठमाडौँ

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अन्तर्गत बुटवल बहुमुखी क्याम्पसमा ३७.७० प्रतिसत मत खसेको छ।

क्याम्पसमा कुल ७ हजार ११० विद्यार्थी मतदाता थिए। तर २ हजार ६८१ मत खसेको छ। 

बहुमुखी क्याम्पसमा आज भएको मतदान  शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

निर्वाचनमा ६ वटा विद्यार्थी सङ्गठन तथा समूहले भाग लिएका थिए। बहुमुखी क्याम्पसमा आजै मतगणना सुरु गर्ने तयारी छ।

उता विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको मतदानमा ३ हजार १६६ मत खसेको छ।

क्याम्पसमा ५ हजार ७९० मतदाता थिए। निर्वाचन समितिका संयोजक डा. सुशील अधिकारीले मतदान सकिएकाले मतगणना सुरु गर्ने तयारी भइहरेको जानकारी दिए।

क्याम्पसमा स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट नविन पहाडी, नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार छन्।

यस्तै सचिवमा अनेरास्ववियुबाट सनिम ठकुरी, नेविसंघबाट पुजा विश्वास र अखिल क्रान्तिकारीबाट आशिका लम्साल उम्मेदवार छन्।

विद्यार्थी संगठनसँग परामर्श गरेर मतगणनाको काम सुरु गर्ने निर्वाचन समितिले जनाएको छ। अहिले विद्यार्थी संगठन र निर्वाचन समितिको बैठक बसेपछि गणना सुरु हुनेछ।

चैत ५, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.