त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मतगणना जारी छ।
विद्युतीय मेशिनमा मतदान भएकाले गणना पनि चाँडो भएको हो।
त्यहाँ पहिलो मेशिनको मत गनिसक्दा नेविसंघका श्यामराज ओझाले ७६ र अनेरास्ववियुका प्रकाश विष्टले ५५ मत ल्याएका छन्।
यहाँ कुल १३ वटा विद्युतीय मेशिन राखिएको थियो। यहाँ कुल मतदाता ३४ सय ४ रहेकामा २ हजार ७५ मत खसेको थियो।
यहाँ ओझा र विष्टसहित क्रान्तिकारीबाट मदन केसी मैदानमा छन्। त्यस्तै नेविसंघबाट विद्रोह गरेर विष्णु बडैला, मिलन बस्नेत, दीपक जोशी स्वतन्त्र उठेका थिए।
तर उनीहरुले अन्तिम समयमा ओझालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय गरेका हुन्।
चैत ५, २०७९, आइतबार
प्रतिक्रिया