राजनीति


प्रधानमन्त्री प्रचण्डलाई सबै दलले विश्वासको मत दिए हुन्छ : माधव नेपाल

प्रधानमन्त्री प्रचण्डलाई सबै दलले विश्वासको मत दिए हुन्छ : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०७९ आइतबार १६:२७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ मा पार्टीहरुबी सहमति भइसकेको बताएका छन्। 

आइतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले त्यो विधेयकबारे विभिन्न पार्टीहरुबीच सहमति भइसकेको बताए। 

उनले सत्तारुढ दलहरुका बीचमा यस विधेयकको सम्बन्धमा सहमती भइसकेको बताएका छन्। उनले प्रतिपक्ष दलहरुको पनि विधेयकमा विमति नरहेको बताए। 

‘असन्तुष्टि होला जस्तो मलाई लाग्दैन। किनभने सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयकबारे धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ', उनले भने, 'विभिन्न पार्टीहरुबीच सहमति पनि भइसकेको छ। अहिले सत्ताधारी पार्टीको पनि सहमति छ। मलाई लाग्छ, प्रतिपक्षी पार्टीहरुको पनि त्यसमा विमति रहेको छैन।’ 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले दिँदा राम्रो हुने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .