पछिल्लो समय भारी शेयर गिरावटसँगै वित्तीय संकटमा रहेको स्वीस क्रेडिट बैंकलाई खरिद गर्नेगरी यूबीएस ग्रुपले वार्ता अघि बढाएको छ।
स्विजरल्याण्डको सबैभन्दा ठूलो बहुदेशीय बैंक यूबीएसले आफ्नो प्रतिद्वन्द्वी बैंक क्रेडिटको आंशिक वा पूर्ण शेयर खरिद गर्नेगरी बढाएको वार्ता अन्तिम चरणमा पुगेको छ।
पछिल्लो समय सुइस क्रेडिट बैंकको शेयरमा भारी गिरावट आएको छ। बैंकले आफ्नो आर्थिक अवस्थाबारे जानकारी दिँदै आफू वित्तीय संकटमा रहेको बताएको थियो।
स्वीस नेसनले बैंकले स्वीस क्रेडिटलाईलाई संकटबाट निकाल्न ५४ अर्ब डलर आपतकालीन सहयोग गरेको थियो, जसले समेत बैंकलाई संकटबाट निकाल्न सकेन।
गएको बुधबार मात्रै स्वीस क्रेडिटको शेयरमा २४ प्रतिशतले गिरवाट आएको थियो। नियामक निकायले सोमबार बजार खुल्नुअघि नै यूबीएससँग बिक्री सम्झौता गर्नेगरी छलफल गरिरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
बैंक बिक्री गर्ने सम्झौता भएमा ठूलो परिमाणमा रोजगारी गुम्नसक्नेछ। रोयटर्सका अनुसार यदि स्वीस क्रेडिटले आफ्नो शेयर यूबीएसलाई बेचेमा उक्त बैंकका करिब १० हजार जनाको रोजगारी गुम्न सक्नेछ।
स्विजरल्याण्डको १६७ वर्ष पुरानो यो बैंकमा संकट यस्तो बेला आएको हो जब अमेरिकाका दुई बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक असफल भएका छन्। त्यसयता विश्वभर नै बैंकिङ प्रणालीलाई लिएर चिन्ता बढिरहेको छ।
क्रेडिट सुइस सन् १८५६ मा स्थापना भएको थियो। सन् २०२१ यता बैंकले घाटाको सामना गरिरहेको छ।
सन् २०२२ मा स्वीस क्रेडिटले ७ अर्ब ९० करोड डलर नोक्सानी व्योहोरेको थियो। उता नाफामा रहेको यूबीएसले सो वर्ष ७ अर्ब ६० करोड डलर नाफा कमाएको थियो। क्रेडिट स्वीसले आगामी दुई वर्षसम्म बैंकिङ घाटा बढ्ने आकलन गरेको छ।
Shares
प्रतिक्रिया