ad ad

राजनीति


उपप्रधानमन्त्री श्रेष्ठलाई बंगलादेशको राष्ट्रिय दिवसमा निम्तो

उपप्रधानमन्त्री श्रेष्ठलाई बंगलादेशको राष्ट्रिय दिवसमा निम्तो

नेपालखबर
चैत २, २०७९ बिहिबार १५:२५, काठमाडौँ

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग सिष्टाचार भेटवार्ता गरेका छन्। उनीहरूबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दूरीका हिसाबले बंगलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको बताए। उनले दुवै कम विकसित राष्ट्र भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

उपप्रधानमन्त्री श्रेष्ठले कतारमा भएको अति कम विकसित मुलुकको सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको पनि स्मरण गरे। उनले बंगलादेश र नेपाल नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गरे।

भेटवार्ताका क्रममा राजदूत चौधरीले पनि नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गरेका थिए। आफू नेपालमा राजदूत भएर आएको दुई वर्ष भइसकेको उल्लेख गर्दै राजदूत चौधरीले त्यसक्रममा नेपाल र नेपाली आफूलाई धेरै मन परेको बताए।

उनले बंगलादेशको राष्ट्रिय दिवस (नेसनल डे) का अवसरमा २० मार्चमा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह पनि गरे। उक्त कार्यक्रम नेपालस्थित बंगलादेशी दूतावासले आयोजना गर्ने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .