राष्ट्रिय प्रजातन्त्र पार्टीले यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार काठमाडौंमा बसेको बैठकले उक्त निर्णय लिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले गत फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा जस्तै तटस्थ रहने निर्णय लिएको उनले बताए।
24
Shares
प्रतिक्रिया