ad ad

राजनीति


सडकमा तामझाम गरेर राष्ट्रपतिले जनतालाई दु:ख दिनु हुँदैन : धनराज गुरुङ

सडकमा तामझाम गरेर राष्ट्रपतिले जनतालाई दु:ख दिनु हुँदैन : धनराज गुरुङ

राष्ट्रपतिलाई बधाई दिँदै कांग्रेस उपसभापति धनराज गुरुङ


नेपालखबर
चैत १, २०७९ बुधबार १५:१, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रपति रामचन्द्र पौडेललाई तामझामसाथ सवारी चलाएर जनतालाई दुःख दिने परम्परा तोड्न सुझाव दिएका छन्। 

शीतलनिवासमा बुधबार भएको भेटवार्तामा उनले राष्ट्रपति पौडेललाई तामझामका साथ सवारी चलाएर जनतालाई दुःख दिने परम्परा तोड्न सुझाव दिएका हुन्।  

‘आज महामहिम राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई बधाई तथा शुभकामना दिने क्रममा महामहिमज्यूलाई सिम्प्लिसिटी कायम गर्दै राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्परालाई तोड्न सुझावसमेत दिइयो,’ भेटपछि उनले ट्विटरमा लेखेका छन्। 

उपसभापति गुरुङले राष्ट्रपति पौडेल सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्परालाई तोड्न प्रतिवद्धसमेत रहेका बताएका छन्। 

‘यस सन्दर्भमा महामहिम राष्ट्रपतिज्यू प्रतिबद्ध हुनुहुन्छ,’ उनले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .