ad ad

राजनीति


राष्ट्रपति भएपछि पौडेलद्वारा पहिलो नियुक्ति

राष्ट्रपति भएपछि पौडेलद्वारा पहिलो नियुक्ति

पदभार ग्रहणका क्रममा राष्ट्रपति पौडेल। तस्बिर : राष्ट्रपतिको सचिवालय


नेपालखबर
फागुन २९, २०७९ सोमबार १७:२१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले शपथसँगै पदभार ग्रहण गरेकै दिन सोमबार सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन्।

सोमबार शीतल निवासमा शपथग्रहण गरेपछि पदभारका क्रममा पौडेलले पहिलो नियुक्तिमा हस्ताक्षर गरेका हुन्।

लम्साल हाल इजिप्टका लागि राजदूतको जिम्मेवारीमा छन्। उनैलाई मोरोक्कोका लागि गैरआवासीय राजदूतको जिम्मेवारुी दिइएको हो। 

'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत श्री सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छु,' राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .