राजनीति


राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूको बधाई

दुई देशको सम्बन्ध अझै घनिष्ठ हुने विश्वास
राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूको बधाई

नेपालखबर
फागुन २९, २०७९ सोमबार १७:५, काठमाडौँ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई तथा शुभकामना दिएकी छन्। 

सोमबार शीतल निवासमा शपथ लिएर पदभार ग्रहण गरेपछि दक्षिणी छिमेकीको तर्फबाट पौडेललाई पहिलो बधाई आएको हो। 

'नेपालको नयाँ राष्ट्रपतिकाके रूपमा तपाईं चुनिनु भएकोमा भारतका जनता र सरकार तथा मेरोतर्फबाट पनि बधाई', शुभकामना सन्देशमा भनिएको छ, 'निकट र मैत्रीपूर्ण सम्बन्ध रहेका छिमेकीका रुपमा भारत र नेपालले सौहार्दपूर्ण तथा बहुआयामिक सम्बन्ध राख्दै आएका छन्। जुन गहिरो सभ्यता, सांस्कृतिक र जनता-जनताबीचको सम्बन्धका विशेषता पनि हुन्।'

राष्ट्रपति मुर्मूले पछिल्ला केही वर्षदेखि नेपाल-भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति भएको पनि उल्लेख गरेकी छन्। 

'पछिल्ला केही वर्षमा हाम्रो सम्बन्धले विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको छ। जसले हाम्रा दुवै देशका नागरिकलाई परस्पर लाभ मिलेको छ', शुभकामना सन्देशमा भनिएको छ, 'मलाई विश्वास छ, तपाईंको कुशल मार्गदर्शनमा हाम्रो व्यापक सहयोग र सम्बन्ध अझै बलियो हुनेछ। मैले हाम्रो द्विपक्षीय साझेदारीलाई बढाउन र मजबुत बनाउन तपाईंसँग मिलेर काम गर्ने अपेक्षा पनि राखेकी छु।'

उनले नेपाल र नेपाली जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना पनि दिएकी छन्। 

'म यस अवसरमा नेपालका मैत्रीपूर्ण भावना भएका नेपाली जनताको निरन्तर प्रगति र समृद्धिको पनि कामना गर्छु। साथै तपाईंको राम्रो स्वास्थ्य र कल्याणका लागि पनि शुभकाना प्रकट गर्छु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .