राजनीति


उपराष्ट्रपतिबारे माओवादी : फरक समुदायबाट महिला नै भएको राम्रो

उपराष्ट्रपतिबारे माओवादी : फरक समुदायबाट महिला नै भएको राम्रो

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ११:५२, काठमाडौँ

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले उपराष्ट्रपति पदमा फरक समुदाय वा फरक लिङ्गको व्यक्ति ल्याउनुपर्ने धारणा राखेको छ।

माओवादी धारका पार्टीका नेताहरुको शुक्रबार बालुवाटारमा बसेको बैठकपछि बोल्दै महासचिव देव गुरुङले उपराष्ट्रपतिमा लैङ्गिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए। 

बिहीबार मात्रै राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। यस्तोमा माओवादीले ब्रह्माण समुदायका पौडेलको भन्दा फरक लिङ्ग वा फरक समुदायको उपराष्ट्रपति हुनुपर्ने जनाएको हो।

उपराष्ट्रपतिमा १० दलको गठबन्धनले जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवलाई अघि सार्ने सम्भावना छ। 

गुरुङले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताए। 

उनले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरुले पहल गर्नुपर्ने अभिव्यक्ति रहेको बताए।

‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रुपले फरक र सामुदायिक फरक भन्ने छ। अभ्यास हामीले के बसाल्ने प्रक्रियाको शुरु गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ', उनले भने, 'नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो। हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ। महिला दिँदा राम्रो हुन्छ।’ 

महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार विस्तार हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad