राजनीति


के सुवास नेम्वाङलाई एमालेको मात्रै मत खस्यो?

के सुवास नेम्वाङलाई एमालेको मात्रै मत खस्यो?

मतदानका क्रममा सुवास नेम्वाङ। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १४:५७, काठमाडौँ

राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया जारी छ। ८८२ मतदाता रहेको चुनावमा अहिले ३ बजेसम्म मतदान गर्न पाउने समय छ।

राष्ट्रपतिका उम्मेदवार एमालेका समर्थन पाएका सुवास नेम्वाङ र कांग्रेससहित ९ दलको साझा उम्मेदवार रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन्।

नेम्वाङको पक्षमा एमाले मात्र देखिएको छ। किनकी राप्रपाले मत नदिने निर्णय गरिसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले रामचन्द्र पौडेलको पक्षमा मत दिने निर्णय गर्‍यो।

अर्कातिर नेपाल मजदुर किसान पार्टीले राष्ट्रपतिको निर्वाचन नै बहिष्कारको निर्णय गरिसकेकोछ। 

तर, अहिलेसम्म खुलेका दलहरुलाई आधार मान्दा नेम्वाङकाने पक्षमा एमाले मात्रै देखिएको छ। मतदान सकिएकाले अपरान्ह ४ बजेपछि गणना हुनेछ।

यद्यपि गोप्य मतदान भएकोले कति मत क्रस भयो भन्ने पक्का भएको छैन। उता रामचन्द्र पौडेलको पक्षमा भने कांग्रेससहित १० दल उभिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .