नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन्।
राष्ट्र बैंकमा कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) रहेका भट्टलाई बुधबार प्रवक्ताको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ।
भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् भने उनी बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेको गभर्नरको कार्यालयले जनाएको छ।
यसअघि राष्ट्र बैंककै कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला प्रवक्ता रहेका थिए। उनले सेवाबाट अवकाश पाएपछि भट्टले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।
प्रतिक्रिया