सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले शान्ति प्रक्रियाका बाँकी काम रोक्न खोजिएको जनाएको छ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बुधबार विज्ञप्ति जारी गर्दै देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउनेविरुद्ध सङ्घर्षमा उत्रिने चेतावनी दिएकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा दर्ता गर्नु आपत्तिजनक भएको सिंहले बताएकी छन्।
जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत टुङ्गो लगाउनु पर्ने सिंहले बताएकी छन्।
‘हामी चाहन्छौँ द्वन्द्वकालीन मुद्दाहरूबारे सत्य निरूपण आयोग र बेपत्ता आयोगमार्फत छिटोभन्दा छिटो काम सम्पन्न होस्’ उनले भनेकी छन्,‘तर विभिन्न बहनामा हिजो टीआरसी विधेयक रोकेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुन नदिने को हुन हामीले चिनेका छौँ। आज तिनै शक्तिहरू फेरि सक्रिय हुन खोजिरहेका छन्। देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउने त्यस्ता शक्तिहरूविरुद्ध सङ्घर्ष गर्न अखिल क्रान्तिकारी तयार छ।’
Shares
प्रतिक्रिया