राजनीति


ताइवानमा सैनिक हेलिकोप्टर आकस्मिक अवतरण, प्रधान सेनापतिसहित ३ बेपत्ता

 ताइवानमा सैनिक हेलिकोप्टर आकस्मिक अवतरण, प्रधान सेनापतिसहित ३ बेपत्ता

नेपालखबर
पुस १७, २०७६ बिहिबार ४:४९,

ताइवानमा बिहीबार बिहान सैनिक हेलिकोप्टर आकस्मिक अवतरण हुँदा त्यहाँका प्रधान सेनापति बेपत्ता भएका छन्।

ताइवानी रक्षा मन्त्रालयका अनुसार उनीसहित १३ जना सवार ब्लाक हक हेलिकोप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएकाे हाे। 

त्यस क्रममा वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङ बेपत्ता भएका हुन्।

उनी हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए। त्यस क्रममा हेलिकोप्टर आकस्मिक अवतरण गरिँदा उनी बेपत्ता भएको एजेन्सीले जनाएको छ।

हेलिकोप्टरमा सवार केहीलाई जीवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङसहित तीन जना फेला परेका छैनन्।

उद्धार जारी रहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हेलिकोप्टर किन आकस्मिक अवतरण गर्नुपर्‍यो भन्ने कारण खुल्न सकेको छैन। 

यही जनवरी ११ तारिख ताइवानमा संसद र राष्ट्रपतिको चुनाव हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad