राजनीति


नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पार्टीबाटै राजीनामा माग

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पार्टीबाटै राजीनामा माग

नेपालखबर
फागुन २३, २०७९ मंगलबार ८:२०, काठमाडौँ

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पार्टीबाटै राजीनामा माग भएको छ। दुजाङले प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने र व्यक्तिगत स्वार्थका आधारमा जिल्ला अध्यक्ष तोक्ने काम गरेको भन्दै दोलखा जिल्ला कार्यसमितिले राजीनामा माग गरेको हो। 

सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै दोलखा सभापति वर्मा लामाले पार्टीको साधारण सदस्य समेत नरहेको व्यक्तिलाई संगठनको जिल्ला अध्यक्ष बनाएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। 

‘पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिसको अवमुल्यन गरी (लत्याई) व्यक्तिगत स्वार्थ र संलग्नता तथा काठमाडौं तिरको निकटताका आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सृजना गर्ने नेपाल विद्याथी संघका असक्षम केन्द्रिय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल वर्खास्त गर्न र दोलखा जिल्लाको हकमा पार्टी वैठकको सर्वसम्मतले गरेको निर्णय तथा दोलखाली आम विद्याथीहरुको भेलाले चयन गरेको नेतृत्व र समितिलाई आधिकारिकता प्रदान गर्न अनुरोधका साथै जोडदार माग गर्दछौ।’ विज्ञप्तिमा भनिएको छ।

गत फागुन १० गतेको निर्णय अनुसार सौगात थापालाई अध्यक्ष पदमा मनोनयन गर्न सर्वसम्मत सिफारिस समेत गरिएको लामाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

सामाजिक सञ्जालमा शेर्पाको मनोमालिन्यबाट साधारण सदस्य समेत नरेहेको व्यक्तिलाई अध्यक्ष बनाएको खबर आएको भन्दै त्यसप्रति सभापति वर्माले आपत्ति जनाएका छन्।

‘कमजोर संगठन भएको दोलखा जिल्लामा पार्टीलाई विवाद रहित ढंगबाट संचालन गर्न विभिन्न गुट उपगुट निस्तेज गर्ने अभियानमा जिल्ला नेतृत्व लागी परेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निर्वाचन र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा घात अन्तरघात गर्नेहरुलाई क्षमादान गरी एक सुत्रीय ढंगले पार्टी संगठन एकढिक्का बनाउने अभियानमा जिल्ला पार्टी अघि बढिरहेको व्यहोरा अवगत गराउन चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad