नेकपा माओवादी केन्द्रले पञ्चा सिंह नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नै आफ्नो आधिकारिक भ्रातृ संगठन भएको बताएको छ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालयसहित सबै विश्वविद्यालयलाई पत्र पठाउँदै सिंह नेतृत्वको संगठन आधिकारिक भएको जानकारी गराएका हुन्।
आफ्नो विद्यार्थी संगठनको जस्तो नाम भएका अरु संगठन र समानान्तर कमिटी पनि भनेर भ्रम श्रृजना भएकोले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि माओवादीले पत्र पठाएको हो ।
स्वतन्त्र विद्यार्थी युनियनहरुको चुनाव आगामी चैत ५ गते हुँदै छ।
अहिले माओवादीनिकट क्रान्तिकारी विद्यार्थी संगठनमा पवन कार्की नेतृत्वको समूहले पनि अर्को समानान्तर समिति चलाइरहेको छ।
यही कारण पनि मूलपार्टी नेकपा माओवादी केन्द्रले सम्बन्धित निकायमा पत्र पठाउँदै आधिकारिकता विवादको टुंगो लगाइदिएको हो।
बहुमत सदस्य आफूसँग रहेको दाबी कार्की समूहले गरिरहे पनि मातृपार्टी माओवादी केन्द्रका महासचिवले पन्चा सिंहकै नेतृत्वलाई वैधानिकता दिएसँगै कार्की नेतृत्वको संगठन स्वतः अवैधानिक भएको छ।
प्रतिक्रिया