ad ad

राजनीति


सांसद पौडेल र मेयर शाहबीच भेटवार्ता, सहकार्य गर्ने सातबुँदे प्रतिबद्धता

सांसद पौडेल र मेयर शाहबीच भेटवार्ता, सहकार्य गर्ने सातबुँदे प्रतिबद्धता

सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच बिहीबार भएको भेटवार्ता। तस्बिर : सांसद पौडेलको सामाजिक सञ्जालबाट।


नेपालखबर
फागुन १८, २०७९ बिहिबार १८:४९, काठमाडौँ

काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सहकार्य गर्ने सहमति भएको छ। 

सांसद पौडेल र मेयर शाहबीच बिहीबार भेटवार्ता भएको हो। 

भेटवार्ता अर्थपूर्ण भएको उल्लेख गर्दै सांसद पौडेलले भेटमा काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिएका छन्। 

सांसद पौडेलका अनुसार छलफलमा निम्न ७ विषयमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ।  

१. कलंकीदेखि धोबीखोलासम्म रिङरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने।

२. सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने। 

३. मेलम्ची खानेपानी विस्तारलाई महानगरभित्रका सबै घरहरूमा पुर्‍याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने। 

४. हाँडीगाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने। 

५. धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर बर्सेनि हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने।

६. टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाटलगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने। 

७. सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .