ad ad

राजनीति


रामचन्द्र पौडेललाई ११ दलको समर्थन, जित पक्का भइसक्यो : महत

रामचन्द्र पौडेललाई ११ दलको समर्थन, जित पक्का भइसक्यो : महत

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०७९ बिहिबार १७:१६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा दुईमत नरहेको दाबी गरेका छन्। 

बिहीवार ७ दलीय गठबन्धनले काठमाडौंमा गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। 

उनले प्रदेशमात्रै रहेका २ दलसहित अहिलेसम्म राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गर्ने दलहरुको संख्या ११ पुगिसकेको बताए। 

महतले अहिलेको परिस्थितिलाई बुझ्ने उपयुक्त पात्र पौडेल मात्रै भएको भन्दै समर्थन अझै बढ्ने सम्भवना रहेको दाबी गरे।

‘राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट हाम्रो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ। उहाँका लागि अहिलेसम्म ११ दलको समर्थन भएको छ। अरु दलहरुबाट पनि समर्थन आउन सक्छ। अहिलेको उपयुक्त पात्र हो उहाँ', उनले भने, 'लोकतन्त्रका लागि लामो संघर्ष गरेको र संविधान रक्षामा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ। समर्थन अझै बढ्ने सम्भवना छ। एमालेको पनि हाम्रो उम्मेदवारलाई समर्थन भए झनै राम्रो हो। धेरै ठूलो समर्थन रामचन्द्र पौडेलजीले प्राप्त गर्दै हुनुहुन्छ।' 

अभिमुखीकरण कार्यक्रममा उम्मेदवार पौडेलले संविधानको अक्षरशः पालना गर्नेकुरामा प्रतिवद्धता जनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .