ad ad

राजनीति


आठ दलीय गठबन्धनका सांसदहरूलाई आज अभिमुखीकरण, शीर्ष नेताले सम्बोधन गर्ने

आठ दलीय गठबन्धनका सांसदहरूलाई आज अभिमुखीकरण, शीर्ष नेताले सम्बोधन गर्ने

नेपालखबर
फागुन १८, २०७९ बिहिबार ७:५०, काठमाडौँ

सत्तारुढ आठ दलीय गठबन्धनका संघीय सांसदहरूका लागि आज अभिमुखीकरण कार्यक्रम आयोजना हुँदै छ। 

राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले बिहीबा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।

दिउँसो १ बजे तीनकुनेस्थित एक ब्याङ्क्वेटमा आयोजना हुने कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ।

कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन्।

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर यसअघि नै अभिमुखीकरण कार्यक्रम तय गरिएको थियो। 

फागुन २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय पनि भएको छ। 

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उमेदवार छन्। नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उठाएको छ।

निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .