ad ad

राजनीति


शेखर कोइरालाको प्रश्न : एमाले हुँदाहुँदै हामी कसरी सरकारमा जाने?

शेखर कोइरालाको प्रश्न : एमाले हुँदाहुँदै हामी कसरी सरकारमा जाने?

फाइल।


नेपालखबर
फागुन १३, २०७९ शनिबार १७:०, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले राष्ट्रपतिको रुपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताएका छन्।

एमालेले सरकार नछाडेको अवस्थामा आफूहरुले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको पनि उनले बताए। 

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘उम्मेदवारको रुपमा रामचन्द्रजी जत्तिको व्यक्ति जो धेरै सिनियर, खारिएको र प्रत्येक आन्दोलनमा उहाँको भुमिका अत्यन्त महत्वपूर्ण र त्यसमा पनि अहिले जुन संविधान छ, त्यसलाई रक्षा गर्ने उपयुक्त पात्रको रुपमा हामीहरुले लिएका छौँ।’

पौडेलको जित सुनिश्चित भएको विश्वास समेत आफूलाई भएको उनले बताए। ‘मलाई विश्वास छ, उहाँको जित सुनिश्चित छ भनेपनि हुन्छ। सरकारमा एमालेले के गर्छ? अहिले त छोडेको छैन एमालेले,’ कोइरालाले अघि भने, ‘एमाले सरकारमा हुँदाहुँदै हामी कसरी सरकारमा जाने? सरकार त पुरै छ नि त। त्यसै जाने भनेर त जाने होइन नि सरकारमा।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .