ad ad

राजनीति


सर्वसाधारणले सिंहदरबारमा सजिलै छिर्न पाउनु पर्छ : प्रकाश ज्वाला

सर्वसाधारणले सिंहदरबारमा सजिलै छिर्न पाउनु पर्छ : प्रकाश ज्वाला

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १४:११, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र सर्वसाधारणले छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ गर्न माग गरेका छन्। 

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले सो माग गरेका हुन्। 

उनले सांसद र उनीहरुका आफन्तहरु मात्रै छिर्न पाउने व्यवस्था अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसधारणलाई सहज व्यवस्थान गर्न माग गरे।

‘हामीले संहदरबारको दक्षिण गेट हेर्नसक्छौँ, हामी सांसदहरु, मन्त्रीहरु त्यहीँबाट ओहोरदोहोर गर्छौँ, जनताहरु बाहिर हुन्छन्, चिनेजानेकाबाहेकले सिंहदरबार छिर्न पाउँदैन, मन्त्रालय सिंहदरबारभित्र र सर्वसाधारण बाहिर हुन्छन्, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ। जनतालाई प्रताडित गर्नु हुँदैन। सभामुखले आजै रुलिङ गरेर सिंहदरबारभित्र जनतालाई सहज प्रवेश गर्ने वातावरण हुनुपर्छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .