राजनीति


एक जना व्यक्तिको गल्तीले पूरै राजनीति बदनाम छ : विश्वप्रकाश शर्मा

एक जना व्यक्तिको गल्तीले पूरै राजनीति बदनाम छ : विश्वप्रकाश शर्मा

नेपालखबर
फागुन ७, २०७९ आइतबार १४:२२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र कुनै एक व्यक्तिले गरेको गल्तीका कारण पूरै राजनीति बदनाम हुने गरेको बताएका छन्।

कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा वक्तका रुपमा सहभागी शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्णा जागेको बताए।

‘राजनीतिभित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन,’ उनले भने, ‘गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनु जस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको पाईन्छ।’

संस्थामै राजनीतिकरण हुने गरेकाले अहिले राजनीति निश्पक्ष नभएको उनको भनाई छ। उनले राजनीतिक रुपमा हुने हरेक निर्णयहरु निष्पक्ष हुनुपर्ने बताए।

उनले अगाडि भने, ‘कुनै दिन जिल्ला प्रशासन कार्यालय नागरिकता लिन पुगेको मानिसले समयमै नागरिकता नपाउँदा त्यहाँ ढिलो गर्ने कर्मचारीलाई भन्दा नेतालाई गाली गर्छ।’

उनले राजनीतिलाई सङ्लो बनाउन राजनीतिज्ञले पदको लोभ गर्न नहुनेमा जोड दिए। ‘राष्ट्रपति बन्ने हो भने एकपटक मात्र बनोस्, प्रधानमन्त्री बनेको मान्छे दुईपटक मात्र बनोस्,’ महामन्त्री शर्माले भने, ‘मन्त्री बन्ने हो भने तीन पटक र सांसद बन्ने हो भने ४ बर्ष बनोस्, बाँकी समय अर्कोलाई मौका दिनुपर्छ।’

उनले राजनीतिज्ञले संवैधानिक निकायमा आफ्नो भाग खोज्ने प्रवृत्ति समाजमा राजनीतिप्रति वितृष्णा जगाउने अर्को विषय भएको टिप्पणी गरे। 

देश विकासका लागि राजनीतिक दलको मात्र योग्दान छ भन्ने बुझाईलाई छोड्नुपर्ने उनको सुझाव थियो।

महामन्त्री शर्माले बालबालिका, महिला, युवाबीचको असमानतालाई हेरेर राजनीतिले आफ्नो बाटो निर्धारण गर्नुपर्नेमा जोड दिए। यसरी अघि बढे राजनीति सङ्लो बन्ने उनको सुझाव थियो।

‘हामी अहिले जुन स्थानमा छौं त्यो अपर्याप्त छ, हामी कयौं दुनियाँको तुलनामा कमै छौं,’ उनले भने, ‘हामीले जति गर्नुपथ्र्यो त्यो गर्न नसकिएको कुरा आत्मसात गर्नुपर्छ, तर हामीले केही गरेका कुरालाई पनि मनन गर्नैपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad