राजनीति


भारतमा उपचाररत कांग्रेस नेता भण्डारीको अवस्था कस्तो छ?

भारतमा उपचाररत कांग्रेस नेता भण्डारीको अवस्था कस्तो छ?

फाइल फाेटाे : कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारी।


नेपालखबर
फागुन ६, २०७९ शनिबार ८:२, काठमाडौँ

घरमै ग्याँस सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गराइरहेका छन्। 

त्यहाँ शुक्रबार उनका दुवै खुट्टाको शल्यक्रिया सकिएको उनको सचिवालयले जनाएको छ। यो पहिलो शल्यक्रिया हो। 

मुम्बईमा सँगै रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले आज बिहान दिएको जानकारीअनुसार पहिलो शल्यक्रिया (सर्जरी) गर्दा  दायाँ खुट्टामा एकदमै गहिरो घाउ रहेका कारण सोचेभन्दा धेरै समय लाग्यो। ‘अब्जरबेसन’ पनि कम्तीमा १/२ घण्टा राख्नुपर्ने नियमका कारण दोस्रो अप्रेसन हिजो गर्न नसकिएको जानकारी डा. मुकेशले दिएका छन्। 

आज बिहान साढे ६ बजे डा. धनञ्जयले दिएको जानकारीअनुसार अहिले सबै पारामिटर नर्मल छन्। फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको छ। तर यो तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने जानकारी डाक्टरबाट प्राप्त भएको न्यौपानेले बताएका छन्। 

बुद्धनगरस्थित घरमा ग्याँस लिक भएर पड्किँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेकी आमाको भने बिहीबार नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भयो। 

भण्डारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि बिहीबार भारत लगिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad