सुदूरपश्चिम


डोटीमा जिप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु, ६ यात्रु घाइते

डोटीमा जिप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु, ६ यात्रु घाइते

नेपालखबर
फागुन ६, २०७९ शनिबार ८:१८, डोटी

डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा केआईसिंह गाउँपालिका–१  डुम्राकोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्। 

घाइते हुनेमा केआईसिंह गाउँपालिका–१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएको जनाइएको छ। सामान्य घाइतेलाई उद्धारपछि घर पठाइएको छ भने गम्भीर घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ।

सुपप्र ०१२३००१ च ३३२९ नम्बरको जिप दुर्घटना भएको हो। जिपमा सवार यात्रु शुक्रबार मात्रै भारतबाट आएका थिए। गाडी रिजर्भ गरेर दिपायलबाट केआईसिंह जाँदै गर्दा जिप दुर्घटना भएको हो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad